play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

युरोपा लिगको समूह चरणको चौंथो खेलमा आज २४ खेल हुदै

0

मङ्सिर ११, युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको चौंथो खेलमा आज (बिहीबार) राति विभिन्न २४ खेलहरु हुँदैछ ।युरोपा लिगमा आज १२ समूहका २४ खेलहरु हुने छन् ।प्रिमियर लिग क्लब आर्सनलले समूह चरणको चौंथो खेलमा नर्वेको मोल्डे एफकेसँग खेल्नेछ ।समूह ‘बी’ मा रहेको आर्सनलले उसैको मैदानमा मोल्डेसँग खेल्नेछ ।आर्सनल लगातार चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ ।आर्सनल ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।मोल्डे ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।


टोटेनहमले बुल्गेरियाको लुडोगोरेट्ससँग घरेलु मैदानमा खेल्नेछ ।समूह ‘जे’ को टोटेनहम तेस्रो जितको खोजीमा हुनेछ । ३ खेलमा ६ अंक जोडेको टोटेनहम समूहको शीर्ष स्थानमा रहेको छ ।अंक विहीन लुडोगोरेट्स पुछारमा रहेको छ ।त्यस्तै अर्को इंग्लिस क्लब लेष्टर सिटीले पोर्चुगिज क्लब ब्रागासँग उसैको मैदानमा खेल्नेछ ।समूह ‘जी’ को लेष्टरले लगातार चौंथो जितको खोजीमा रहेको छ ।लेष्टर ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।इटालियन क्लब एसी मिलानले फ्रेन्च क्लब लिलसँग उसैको मैदानमा खेल्नेछ ।समूह ‘एच’ को मिलान तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
अर्को इटालियन क्लब नापोलीले रिजिकासँग घरेलु मैदानमा खेल्नेछ ।रोमाले सीएफआर क्लुजसँग उसैको मैदानमा खेल्नेछ ।त्यस्तै स्पेनिस क्लब रियल सोसिडाडले अल्कमारसँग उसैको मैदानमा खेल्दा ग्रानडाले ओमोनिया र भिल्ला रियलले तेल एभिभीसँग खेल्नेछ ।

Share.

Leave A Reply