बन्द प्रशिक्षणका लागि नेपाली क्रिकेट टोली र प्रशिक्षकको आज कोरोना परीक्षण हुने

0

मंसिर ९,चितवन । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि आज कोरोना परीक्षण हुने भएको छ । दभोलिदेखि सुरु हुने बन्द प्रशिक्षणमा २२ खेलाडी सहभागी हुनेछन् । बन्द प्रशिक्षण अघि आज सबै खेलाडी तथा प्रशिक्षकको पीसीआर परीक्षण गरिने भएको छ । नेपाली राष्ट्रिय टोलीका फिजिओ विक्रम न्यौपानेका अनुसार खेलाडी र प्रशिक्षकको पीसीआर परीक्षण कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण बन्द प्रशिक्षण नौ महिना ढिला हुन लागेको हो । बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाण्डौ आइसकेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आवश्यक सबै सावधानी अपनाएर बन्द प्रशिक्षण गर्ने बताउनुभयो । टोलीको प्रशिक्षकमा जगत टमाटा रहनुभएको छ । नेपालले विश्वकप लिग क्रिकेट दुई अन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका छ । त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

Share.

Leave A Reply