कोरोनाविरुद्धका खोप वितरणमा विभेद हुनसक्नेमा डब्लुएचओको चिन्ता,समान वितरण हुनुपर्ने भनाई

0

मंसिर ९,चितवन । अमेरिकालगायतका विभिन्न मुलुकले कोरोनाविरुद्धका खोपहरु परीक्षण गरिरहेका बेला यसको वितरणमा हुने विभेदलाई लिएर चिन्ता हुन थालेको छ । सबैभन्दा प्रभावित समुदाय र गरिब व्यक्तिमा यो खोपको सर्वसुलभता र पँहुच पु¥याउन चुनौती रहेको सरोकारवालाहरुले औंल्याएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेङेडस अधानोम गेब्रेयसियसले खोपको समान रुपमा वितरण हुनुपर्ने बताउनुभएको हो । उहाँले संसारभर प्रभावित रहेका नागरिकलाई सहज रुपमा कोरोनाविरुद्धको खोप पु¥याउन करोडौं डलरको साझा कोषको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले विभिन्न खोपको सफल जारी रहेकाले उक्त खोप वितरणका लागि अहिले नै तयारीमा जुट्न आवश्यक रहेका बताउनुभएको हो । अमेरिकाको अक्सफोर्ड विश्वविद्यालले परीक्षण गरीरहेका विभिन्न खोपहरुको प्रभावकारीता बढी रहेको यसअघि नै सार्वजनिक भइसकेको छ । ती खोपहरुले ९० प्रतिशतसम्म प्रभावकारीता देखाएको अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन् । डब्ल्एचओका प्रमुख डा टेड्रोसले भ्याक्सीनको परीक्षणले ल्याउन सकारात्मक नतिजाको प्रतीक्षामा आफू रहेको बताउनुभएको छ । यसअघि कुनै पनि खोपहरु छोटो समयमा विकसित नभएको भन्दै उहाँले कोरोनाविरुद्धको खोपको प्रभावकारीताका बारेमा अझै अनुसन्धान जारी रहेको बताउनुभयो । डब्लुएचओले यसअघि देखि नै कोरोना महमामारीविरुद्धको लडाइ सामुहिक रुपमा हुनुपर्ने बताउँदै आएको छ ।

Share.

Leave A Reply