play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

कोरोना अस्पतालमा आर्थिक अनियमितता देखिएको भन्दै अख्तियारको अनुसन्धान सुरु

0

मंसिर ९,चितवन । बाराको सिमरा स्थित कोरोना अस्थाई अस्पतालमा आर्थिक अनियमितता देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । जितपुर सिमरा उपमहानगरले सञ्चालन गरेको कोरोना अस्पतालमा नीति तथा विधिको प्रयोग नगरी मनपरी खर्च गरेको देखिएपछि अख्तियारले अनुसन्धान थालेको हो ।

अस्थाई कोरोना अस्पतालमा ४ करोड ४५ लाख खर्चको बारेमा समितिमा विभिन्न दलबाट आवद्ध सदस्यहरुले उपमहानगरमा भुक्तानी प्रक्रिया थालेको चर्चासँगै अख्तियारले अनुसन्धान सुरु गरेको हो । यसअघि समितिका संयोजक तथा उपमहानगर प्रमुख कृष्ण पौडेलले समितिबने पछि बैठक नै नबोलाई भुक्तानी गर्न प्रक्रिया थालेपछि समितिका सदस्यहरुले ज्ञापन पत्रसहित भुक्तानी रोक्न प्रमुख प्रशासकीय अधिकृतलाई सचेत गराएका थिए ।

Share.

Leave A Reply