मंसिर ९,चितवन । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमण सीमा विवादभन्दा पनि द्विपक्षीय विकास साझेदारी र कनेक्टिभिटी परियोजनामा केन्द्रित हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भारतका प्रमुख अंग्रेजी दैनिक पत्रिकाहरुले त्यहाँको उच्च सरकारी स्रोतलाई उल्लेख गर्दै एउटै आशयको समाचार आज प्रकाशित गरेका छन् । भारतका उच्च अधिकारीहरुले विदेश सचिवको भ्रमणका क्रममा सीमा विवादबारे खासै कुरा नहुने त्यहाँका सञ्चारमाध्यमलाई बताएका छन् । अंग्रेजी दैनिक दि इन्डियन एक्सप्रेसले स्रोतलाई उद्धृत गर्दै भनेको छ– विदेश सचिवको नेपाल भ्रमण सीमा सम्बन्धी परराष्ट्र सचिवस्तरीय वार्ता होइन ।’ यस विषयमा नयाँ दिल्लीले आफ्नो पोजिसन नेपाललाई स्पष्ट पारिसकेको समेत स्रोतलाई उल्लेख गर्दै सो पत्रिकाले लेखेको छ । सो पत्रिकाका अनुसार भारतीय विदेश सचिवको भ्रमण पूर्वाधार र कनेक्टिभिटीमा केन्द्रित हुनेछ । सो पत्रिकाले सीमाका सम्बन्धमा भारतको पोजिसनमा कुनै पनि परिवर्तन नआएको उल्लेख गरेको छ ।
भारतीय विदेश सचिव श्रृंगलाको नेपाल भ्रमण सीमा विवादमा केन्द्रीत नहुने
0
Share.