चालू आर्थिक वर्षको पहिलो चार महिनामा व्यापारघाटा साढे १२ प्रतिशतले घट्यो ,नर्यात बढ्यो

0

मंसिर ९,चितवन । चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो चार महिनामा व्यापारघाटा साढे १२ प्रतिशतले घटेको छ । कोभिड–१९ को कारणले अत्यावश्यकीय वस्तुबाहेक विलासी वस्तुको आयात कम हुँदा व्यापारघाटा १२.४९ प्रतिशतले घटेको हो । जसअनुसार व्यापारघाटा ३ खर्ब ६२ अर्ब २९ करोड ११ लाख ३ हजार रुपैयाँमा झरेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष सो अवधिमा ४ खर्ब १४ अर्ब १९ करोड ८३ लाख रुपैयाँको व्यापारघाटा थियो । आयात घटे पनि निर्यात व्यापार भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ११ प्रतिशतले बढेर ४० अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्ष सो अवधिमा ३६ अर्ब २७ करोड ९० लाख ७२ हजार रुपैयाँको निर्यात भएको थियो । यस्तै, आयात १० प्रतिशतले घटेर ४ खर्ब २४ अर्ब ९० करोड १७ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष सो अवधिमा ४ खर्ब ४९ अर्ब २९ करोड ८९ लाख २ हजार रुपैयाँको निर्यात भएको थियो । यो वर्ष निर्यात बढ्दै गए पनि कोभिडको प्रभावले आयात भने घट्दै गएको छ । मुलुकमा सबैभन्दा धेरै आयात हुने वस्तुमा रहेको पेट्रोलियम पदार्थ, सवारी साधनको आयातमा उल्लेख्य कमी आएको छ । यस अवधिमा सवैभन्दा धेरै छिमेकी मुलुक भारतबाट २ खर्ब ६४ अर्ब ९५ करोड ८२ लाख १ हजार रुपैयाँको सामान आयात भएकोमा २७ अर्ब ८६ करोड ८७ लाख ४३ हजार रुपैयाँको स्वदेशी वस्तु भारततर्फ निर्यात भएको छ । चीनबाट ६० अर्ब १२ करोड १७ लाख ५ हजार रुपैयाँको आयात भएकोमा २९ करोड ३२ लाख रुपैयाको निर्यात भएको छ । विभागका अनुसार चार महिना अवधिमा सवैभन्दा धेरै २८ अर्ब ६६ करोड २० लाख ९० हजार रुपैयाँको रुपैयाँ बराबरको विद्युतीय, मेसिनरी सामान आयात भएको छ । यस्तै, २५ अर्ब २७ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ ।

Share.

Leave A Reply