play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

भरतपुरमा ३ करोड लगानिमा तरकारि मण्डी संचालन , ५० हजार सम्म निर्ब्याजि लगानि

0

मङ्सिर ७,चितवन । चितवनका युवा कृषी उद्योगिहरुले भरतपुरमा रु ३ करोडको संयुक्त लगानिमा भरतपुर तरकारि तथा फलफुल मण्डी संचालनमा ल्याएका छन । भरतपुर १० थानि चोकमा भरतपुर तरकारि तथा फलफुल प्रालि दर्ता गरि सुबिधा सम्पन्न मण्डी संचालनमा ल्याएका हुन ।


मण्डीको शुक्रबार (मङिसिर ५ गते) उद्घाटन गरिए पनि शनिबार पत्रकार सम्मेलन मार्फत मण्डी सन्चालनमा ल्याएको जानाकारि दिएको हो । आगामि दिनहरुमा कृषकहरुलाई प्रत्यक्ष रुपमा सहकारिमा जोड्ने र उत्पादन भएका कृषी उपजहरुलाई खरिद गरि बिचौलिया प्रथाको अन्त्य गर्दै कृषकले उचित मुल्य पाउने व्यबस्था मिलाउने मण्डीले जनाकारि दिएको छ ।

सम्मेलन मार्फत मण्डीले चितवन जिल्ला भर रहेका कृषक जस्को आफै जग्गा छ र तरकारि तथा फलफुल उत्पादन गर्न चाहान्छ त्यस्ता कृषकलाई छ महिना सम्मकालागि निर्ब्याजि बिस हजार , चितवन जिल्ला भर रहेका कृषक जस्को आफै जग्गा छैन तर भाडामा जग्गा लिएर तरकारि तथा फलफुल उत्पादन गर्न चाहाने कृषकलाई ६ महिनाकै लागि निर्ब्याजि चालिस हजार त्यसैगरि जिल्ला भरिका कृषकहरु जसले सामुहिक रुपामा जग्गा भडामा लिएर फलफुल तथा तरकारि उत्पादन गर्न चाहान्छ त्यस्ता कृषकलाई निर्ब्याजि ६ महिनाकै लागि ५० हजार ऋण दिने बताईएको छ । यसैगरि सामुहिक रुपमा जग्गा भाडामा लिएर फलफुलतथा तरकारि उत्पादन गर्नेलैइ ६ प्रतिशत ब्याजदरमा १ वर्ष का लागि र सामुहिक रुपमानै जग्गा भाडामा लिएर तरकारि तथा फलफुल उत्पादन गर्ने र एक लाख भन्दा बढि ऋण चाहिए पनि मण्डीले लगानि गरिदिने जनाएको छ । उक्त ऋृण मार्फत उत्पादन गरिएको उपज कृषकले आफ्नो ईच्छा अनुसार जाँहा बाट पनि बिक्रिबितरण गर्न सक्नेछन ।


अहिले मण्डी भित्र ४४ वटा ईस्टलहरु रहेको र एउटा ईस्टलबाट कृषक बाट खरिद गरेको मुल्यमा आफ्नो ढुवानि खर्च सहित १५ प्रतिशत मार्जिन राखिने जनाईएको छ । तरकारि संकलन गरि खरिद गरिदिन मकवानपुर तथा रुपन्देहि बाट समेत फोन आउने गरेको मण्डिका अध्यक्ष सम्भु थापाले जानकारि दिए ,मन्डिका लागि आबश्यक पर्ने चिस्यान गृहको निर्माणकालागि छलफल भैइरहेको उनले बताए ।
अबको केहि समय पछि मण्डी सङै होटल पनि खोलिने उनले बताए । होटलमा ६०–७० रुपैयाँ सम्ममा सादाखाना खुवाईने र आगामि सोमबार (८गते ) कृषकहरु सङ मण्डी परिसरमा अन्तरकृया कार्यक्रम गरिने भएकाले सम्बन्धित किसानहरुलाई उपस्थिथिका लागि आग्रह गरिएको छ ।

Share.

Leave A Reply