play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

नेपाल क्रिकेट संघ क्यानले आउँदो डिसेम्बर अन्तिममा प्रधानमन्त्री कप गर्ने तयारी

0

मंसिर ७ ,चितवन ।  प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय (पिएम) कप प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) ले डिसेम्बर अन्तिमदेखि सुरु गर्ने तयारी गरेको छ । कोरोना महामारीसँगै ९ महिनादेखि शून्य नेपाली क्रिकेटलाई पिएमकप मार्फत फर्काउन खोजेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् । क्यानको योजना अनुसार पिएमकप सुरु हुन डेढ महिना बाँकी रहँदा औपचारिक रुपमा कुनै तयारी भने थालेको छैन । यो अवस्थामा क्यानले सिधै प्रदेश छनोट गर्ने तयारी गरिरहेको बुझिएको छ । जिल्ला छनोट कोरोना महामारीको कारण नहुने सम्भावना छ । अध्यक्ष चन्द पनि जिल्ला छनोट नहुनेमा स्वीकार गर्दछन् । अध्यक्ष चन्दका अनुसार क्यानले पिएमकप डिसेम्बर अन्तिम देखि सुरु गर्ने गरि तयारी गरिरहेको छ । पिएमकपमा ७ प्रदेश र तीन विभागीय टोली गरि कुल १० टोलीबीच प्रतिस्पर्धा हुने छ । जसमा दुई समूहमा पाँच–पाँच टोली विभाजन गरिने छ । दुविया समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा भिड्ने छन् । ‘जिल्ला छनोट हुँदैन होला । प्रदेश छनोट भने गर्ने सल्लाह भइरहेको छ । डिसेम्बर अन्तिमबाट सुरु गरेर जनवरी दोस्रो हप्ता सम्म सम्पन्न गर्ने सोचमा छौं’, चन्दले भने । खेल मुलपानी र टीयू क्रिकेट मैदान हुने छन् । क्यानले पुरै १० टोलीबीच लिग गर्ने सोच बनाएपनि कोरोना महामारीको कारण समूहमा बाँडेर गर्नुपर्ने बाध्यता भएको चन्द बताउँछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पिएमकपको लागि ४० लाख रुपैयाँ छुट्याएको छ ।

Share.

Leave A Reply