play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

व्यावसायिक भ्रष्टाचारको उच्च जोखिम रहेको देशको सूचीमा नेपाल १०७ औं स्थानमा

0

मंसिर ७ ,चितवन ।  नेपाल ५० अंकसहित सन् २०२० को व्यावसायिक भ्रष्टाचारको उच्च जोखिम रहेको देशको सूचीमा १०७ औं स्थानमा छ । ट्रेस ब्राइबरी रिस्क म्याट्रिक्सले जारी गरेको यस वर्षको सूचीमा १९४ देश, क्षेत्र, स्वायत्त र अर्ध स्वायत्त क्षेत्रमा व्यवसायिक भ्रष्टाचारको जोखिम समावेश गरिएको छ । यो वर्षको आँकडा अनुसार उत्तर कोरिया, तुर्कमेनिस्तान, दक्षिण सुडान, भेनेजुएला र इरिट्रिया उच्च व्यापारिक भ्रष्टाचारको जोखिम भएको देश हो जबकी डेनमार्क, नर्वे, फिनल्याण्ड, स्विडेन र न्यूजिल्याण्डमा यो सबैभन्दा कम छ । आँकडाका अनुसार नेपालको प्रदर्शन आफ्नो छिमेकी देश चीनभन्दा राम्रो छ । चीन ५४ अंकसहित १ सय २५ औं स्थानमा छ । जबकी नेपालको भन्दा भारतको स्थिती राम्रो छ । भारत ४५ अंकसहित ७७ स्थानमा छ । यस्तै भूटानले ३७ अंकसहित ४८ औं स्थान प्राप्त गरेको छ । नेपालबाहेक सर्बिया, साउदी अरब, एल साल्भेडर, हंगेरी, कतारलगायतका देशले पनि ५० अंक पाएका छन् । यो अंक चार कारकमा आधारित हुन्छ जसमा सरकारसँग व्यापारिक छलफल, भ्रष्टाचार प्रतिरोधक र प्रवर्तन, सरकार र निजामती सेवाको पारदर्शिता र मिडिया भूमिकासहित नागरिक संगठनको निगरानी क्षमता समावेश छन् । यी मानकमा प्रत्येक देशलाई १ देखि १०० नम्बर दिइन्छ । यदि कुनै देशले उच्च अंक प्राप्त गर्छ भने उक्त देश व्यापारिक भ्रष्टाचारको अत्यधिक जोखिममा रहेको बुझ्नुपर्छ ।

Share.

Leave A Reply