play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रतिनिधिसभा सदस्य पाण्डे माथि भएको अभद्र व्यवहारको घटनाको छानबिन गर्न नेकपा चितवनको माग

0

मंसिर ७ ,चितवन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा होहल्ला र उनीमाथि अभद्र व्यवहार भएको घटनाको छानबिन गर्न माग गरिएको छ । पार्टी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा राप्ती नगर कमिटीको तेस्रो बैठकमा पाण्डेले सम्बोधन गरिरहेका अवस्थामा कमिटीमा नै नरहेका बाहिरबाट आएका व्यक्तिले होहल्ला गरी बैठक बिथोल्न खोजेको जनाइएको छ ।

Share.

Leave A Reply