play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

तनहुँकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु

0

मंसिर ७ ,चितवन ।  तनहुँकी कोरोना संक्रमित एक जना महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालका अनुसार तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनी कात्तिक २९ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि आइतबार बिहान ११ः१६ बजे उनको मृत्यु भएको डा. लम्सालले बताए । डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगले समेत पीडित थिइन् ।

Share.

Leave A Reply