play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

रत्नगरमा देखीएको संकास्सपद बस्तु सेनाद्धारा डिस्पोज,केहि नभइ ढुंगा भएको भनाई

0

मंसिर ७ ,चितवन ।  चितवनको रत्ननगरस्थित टाँडी बजारमा निर्माणाधीन आकाशेपुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। नेत्रविक्रम चन्द ’विप्लव’ नेतृृत्वको नेकपाको ब्यानरसहित बिहान शंकास्पद वस्तु भेटिएपछि त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाअनुसार डिस्पोजका क्रममा बम जस्तो देखिनेगरी झोलामा ढुंगा राखेर तार जोडिएको फेला परेको छ। शंकास्पद वस्तुसँगै भेटिएको ब्यानरमा सातौं पार्टी पुनर्गठन दिवस भव्यताका साथ सफल पारौं लेखिएको थियो। साथमा हसिया हथौडा अंकित झण्डा पनि भेटिएको थापाले बताए। उनले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए।

Share.

Leave A Reply