मंसिर ७ , चितवन । पुर्वी चितवनमा निर्माणाधिन आकाशे पुलमा बम फेला परेको छ । रत्ननगर नगरपालिका २ स्थित पुर्व पश्चिम राजमार्गमा बन्दै गरेको आकाशे पुल माथि आज (आइतबार) बिहान ८:४० बजे बम फेला परेको हो ।
आकाशे पुलमाथि सरकारबाट प्रतिबन्धित नेत्र बिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाको ‘सातौ पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔं’ लेखिएको ब्यानर भेटिएको र सोही ब्यानर बाँधिएको डोरीमा दुई वटा संकास्पद बस्तु फेला परेको ईलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । प्रहरीका अनुसार त्यसमा २ फिट लामो कालो रङको तार पनि जोडिएको छ ।
संकास्पद बस्तु फेला परेपछि उक्त स्थानलाई सुरक्षित राखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ ।
(तस्बिर : भिमसेन अधिकारी)