play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

इंग्लीश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीलाई हराउँदै टोटनह्याम शिर्ष स्थानमा

0

मंसिर ७ ,चितवन । म्यान्चेस्टर सिटीलाई हराउँदै टोटनह्याम हट्सपर इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्याम २–० ले विजयी भयो । म्यान सिटी विरुद्धको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्युङ मिन सन र जियोभानी लो सेल्सोले एक एक गोल गरे । सिटीका लापोर्टेले एउटा पेनाल्टी प्रहार खेर फालेका थिए । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई २–० ले हरायो । चेल्सीका लागि ट्यामी अब्राहमले एक गोल गर्दा न्युकासलका फेडेरिको फर्नान्डेजले एक आत्माघाति गोल गरे । गएराती म्यान्चेस्टर युनाईटेडले वेष्ट ब्रोमलाई १–० ले हराउँदा ब्राइटनले एस्टन भिल्लामाथि २–१ को जित निकाल्यो । गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ९ खेलबाट २० अंक जोडेको टोटनह्याम शिर्ष स्थानमा उक्लिएको छ । १८ अंकसहित चेल्सी दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको लेष्टर सिटी १८ अंकसहित तेस्रो स्थानमा रहेको छ । एजेन्सी

Share.

Leave A Reply