play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

ग्वाटेमालामा प्रदर्शनकारीहरुद्वारा संसद भवनमा आगजनी र तोडफोड

0

मंसिर ७ ,चितवन । ग्वाटेमालामा प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् । राजधानी ग्वाटेमाला शहरमा रहेको संसद खाली रहेको समयमा विपक्षी प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरेका हुन । विपक्षीहरुले संसदबाट पारित भएको बजेटको विरोध गरेका छन् । उनीहरुले राष्ट्रपति अलेक्जेन्ड्रो जियाम्माटेनीको राजीनामा समेत मागेका छन् । बजेटले सरकारसंग नजिक रहेका कम्पनीहरुलाई ठूला संरचनाका आयोजना संचालन गर्ने गरि प्राथमिकता दिएको र कोरोनाका कारण सामाजिक र आर्थिक क्षेत्रमा परेको प्रभावका सम्बन्धमा कुनै ध्यान नदिएको आरोप लगाएका छन् । ग्वाटेमालामा हालैमा समुद्री आंधीका कारण ठूलो जनधनको क्षति भएको छ । (एजेन्सी)

Share.

Leave A Reply