play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

बजारमा चिनीको भाउ अस्वभाविक बढेको उपभोक्ताको गुनासो,तत्काल बजार अनुगमन गरिने

0

मंसिर ७ ,चितवन । बजारमा चिनीको भाउ अस्वभाविक बढेको उपभोक्ताले गुनासो गरेका छन् । केही दिन अघिसम्म किलोको ८० देखि ८५ रुपैयाँमा चिनी खरिद गर्ने गरेका उपभोक्ताले अहिले किलोको १ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन् । बजारमा चिनीको अभाव नहुँदा पनि व्यापारीले आफूखुसी चिनीको भाउ बढाउँदा उपभोक्ता समस्यामा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले तत्काल बजार अनुगमन गर्ने बताउनुभएको छ । अहिले चिनीको मूल्य बढ्नु अस्वभाविक भएको उहाँको भनाइ छ । तराईमा उखु भित्र्याउने सिजन सुरु भइसकेकाले उत्पादन बढ्नासाथ चिनीको मूल्य घट्नुपर्ने उहाँले बताउनुभयो । चिनीको भाउ बढ्नुपर्ने कुनै कारण नहुँदा पनि व्यापारीले भाउ बढाएको भए तत्काल बजार अनुगमन गरेर कारबाही गर्ने सुवेदीले बताउनुभयो । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ताको गुनासो सुन्न सार्वजनिक गरेको एप लकडाउनको समयमा बिग्रिएकाले पनि उपभोक्ताबाट धेरै गुनासो संकलन गर्न नपाएको उहाँको भनाइ छ । अहिले भने यो एप सञ्चालनमा आइसकेको छ । उपभोक्ताले आफ्नो मोबाइलबाटै गुनासो गर्ने गरी एपको प्रयोग गर्न सक्ने विभागले जनाएको छ । तर त्यसको लागि मोबाइलमा एप डाउनलोड गर्ने अथवा एसएमएस पनि गर्न सकिनेछ ।

Share.

Leave A Reply