फ्रेन्च लिगको शीर्ष स्थानमा रहेको पीएसजी आठ खेलपछि पराजित

0

मंसिर ५,चितवन । फ्रेन्च लिग वनमा शिर्ष स्थानको पीएसजी आठ खेलपछि पहिलो पटक पराजित भएको छ । जारी सिजनमा भने तेस्रो पराजय ब्यहोरेको छ । गएराति भएको खेलमा पीएसजी मोनाकोसँग तीन दुई गोलले पराजित भयो । १० खेलाडीमा सीमित रहेको पीएसजीले दुई गोलको अग्रता जोगाउन सकेन । मोनाकोको घरेलु मैदानमा भएको खेलमा पीएसजीका लागि केलियन एम्बाप्पेले दुई गोल गरेपनि खेर गयो । यता मोनाकोको जितमा केभिन मोलान्डले दुई गोल गरे । खेलको २५ औं मिनेटमा नै पाहुना टिम पीएसजीका लागि एम्बाप्पले टिमलाई अग्रता दिलाए । त्यसपछि ३७ औं मिनेटमा पीएसजीले पाएको पेनाल्टीको अवसर सदुपयोग ग¥यो । एम्बाप्पेले नै गोल गर्दै टिमलाई पहिलो हाफमा दुई शुन्यले अगाडी राखे । जितसँगै मोनाकोले १० खेलमा १७ अंक बनाउँदै छैटौं स्थानमा छ भने पीएसजी अझैपनि शिर्ष स्थानमा कायमै छ ।

Share.

Leave A Reply