play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

आजको मौसम , गण्डकी र एक नम्बर प्रदेशमा हल्का पानी पर्ने सम्भावना

0

मंसिर ५ ,चितवन । देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ । बाँकी प्रदेशका पहाडी क्षेत्रमा भने आंशिकदेखि सामान्य बद्ली रहेको छ । आज गण्डकी प्रदेश र एक नम्बर प्रदेशमा हल्का पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो । स्थानीय वायुको प्रभावका कारण यी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा बादल लाग्दा पृथ्वीबाट जाने ताप बादलले रोकिदिन्छ तर त्यो पुनः फर्किएर पृथ्वीमा नै आउँछ । यसले गर्दा जमिन तातै रहन्छ । तर आकाश सफा भयो भने न्यूनतम तापक्रम घट्छ । यस्तै दिउँसोको समयमा बादल लागे पनि चिसो बढ्छ । सूर्यका किरण बादलले छेकिदिने हुँदा दिउँसोको समयमा बादल लागेमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् ।

Share.

Leave A Reply