play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

कोरोनाले समस्यामा परेका नेपाली समुदायका परिवारहरुलाई कतार सरकारले खाद्यान्न सहयोग गर्ने

0

मंसिर ५ ,चितवन । कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली समुदायका परिवारहरुलाई कतार सरकारले खाद्यान्न सहयोग गर्ने भएको छ । कतारमा रहेका आप्रवासी समुदायका परिवारहरुलाई कतार च्यारेटीले खाद्यान्न ( फुड कीट) उपलब्ध गराई सहयोग गर्ने कार्यक्रम अन्तर्गत नेपाली समुदायका परिवारलाई सहयोग गर्न लागेको हो ।

नेपाली परिवारहरुको विवरण संकलन गर्न लागिएकाले खाद्यान्नको समस्या भएका नेपाली परिवारलाई सम्पर्क गर्न गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान आग्रह गरेका छन् । सहयोग प्राप्त गर्न आवश्यक पर्ने कागजातहरुमा पूरा नाम थर, कतार आईडी नम्बर, परिवारको सदस्या संख्या र कतार आईडिको प्रतिलिपी इमेल गर्न उनले आग्रह गरे । कतार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालयले परोपकारी संस्था कतार च्यारिटीमार्फत कोरोना भाइरसको महामारीबाट प्रभावित भएका आप्रवासी श्रमिकहरुलाई यसअघि पनि सहयोग गरेको थियो ।

Share.

Leave A Reply