play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

चिनियाँ रक्षामन्त्री वेई फेङ्हे मंसिर १४मा नेपाल भ्रमणमा आउँदै,राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

0

मंसिर ५ ,चितवन । चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन । चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनले सहभागिता जनाउने छन ।

चिनियाँ रक्षामन्त्री वेई फेङ्हे

चिनियाँ रक्षामन्त्री वेई फेङ्हे

Share.

Leave A Reply