play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

७८ वर्षका हजुरबुबाले आश्रममा मनाउनु भयो जन्मदिन

0

सिनर्जी डेक्स, ४ मंसिर ।

ढलक प्रसाद बगाले आफ्नो ७८ औं जन्मउत्सव देवघाटस्थित श्री रामजानकी बालिका आश्रममा मनाउनु भएको छ ।

आश्रममा आश्रित बालिकाहरूलाई खाना ख्वाएर उहाँले जन्मदिन मनाउनु भएको हो । उहाँ छोरा किशोर बगाले , श्रीमती जुना देवी वगाले सहित स-परिवार जन्म दिन मनाउन आश्रम पुग्नु भएको थियो । उहाँको छोरा किशोर बगाले जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव समेत हुनुहुन्छ ।

जन्मदिनलाई पश्चिमी शैलीअनुसार मनाउनुभन्दा नेपाली मौलिक संस्कृतिलाई जोड दिने उद्देश्यले आश्रममा आश्रित बालिकाहरूलाई एक दिनको खाना खुवाएर जन्म दिन मनाएको उहाँ बताउनु हुन्छ । बुबा गोर्खा बस्नु हुन्छ, यस पटक चाडपर्वले पनि चितवन आएको समय मिल्यो दुई दशक देखि रत्ननगर १२ मा बस्दै आउनु भएका छोरा किशोर बगाले भन्नु भयो – ‘सामाजिक कार्यमा समेत बुबाले चासो राख्नु हुन्छ त्यसैले पनि बुबाको जन्म दिनमा हामीले सहयोग गर्ने हेतुले आश्रममा मनायौँ ।’ जन्मदिनको अवसरमा आश्रममा रहेका बालिकाहरूले हिन्दु धर्मअनुसार विभिन्न खालका मन्त्र उच्चारण गर्दै शुभकामना दिएका थिए ।

किशोर बगाले यस अघि छोरीको जन्मदिन समेत यही मनाउनु भएको थियो । उहाँले आश्रममा आश्रीत बालिकाहरुलाई तीजको दरको व्यवस्था गर्नु भएको थियो । भने तिहारमा समेत दूध लगायत खाद्यन्न सहयोग गर्नुभएको थियो । आश्रमलाई आवश्यक परेको खण्डमा व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्न तयार रहेको उहाँ बताउनु हुन्छ ।


लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित उक्त आश्रममा करिब ३० जना बालिकाहरू आश्रित छन् । आश्रमको अध्यक्ष सावित्री टण्डनका अनुसार कसैको जन्मदिन, कसैको पुण्य तिथी तथा कसैको विवाह उत्सव आदि कार्यक्रमबाटै आश्रम सञ्चालन भइरहेको छ । आश्रमको आफ्नै भव निर्माणको चरणमा छ । आश्रमले ६ महिनादेखि ६ वर्षसम्मका बालिकाहरूलाई आश्रय दिँदै आइरहेको उहाँले बताउनु भयो । आश्रम निर्माणको क्रममा रहेकाले भौतिक तथा आर्थिक सहयोग गर्न चाहनेहरूका लागि बाटो खुला रहेको आश्रमकी अध्यक्ष टण्डन बताउनु हुन्छ ।

Share.

Leave A Reply