play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

सुनको मुल्य सात सय रुपैयाँले घट्यो,यस्तो छ आज कारोबारका लागी मुल्य

0

मंसिर ४, चितवन ।  अन्तर्राष्ट्रिय बजार पछ्याउँदै स्थानीय बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । एकै दिन सुन तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ४ सय तोकेको छ । हिजो बुधबार तोलाको ९५ हजार एक सय रुपैयाँ थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ७ सयले नै घटेर ९३ हजार ९ सय कायम भएको छ । हिजो बुधबार तेजाबी सुनको भाउ तोलाको ९४ हजार ६ सय थियो चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२ सय १५ कायम भएको छ । हिजो तोलाको १२ सय ३० रुपैयाँ थियो ।

Share.

Leave A Reply