play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

युरोपियन नेशन्स लिग फुटबलमा डेनमार्क बिरुद्ध बेल्जीएम ४–२ गोल अन्तरले बिजयी

0

मंसिर ४,चितवन । बेल्जियम युरोपियन नेशन्स लिग फुटबलको अर्को फाइनल्स चरण पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा डेनमार्कलाई ४–२ ले पराजित गर्दै समूहको शीर्ष स्थानमा रहँदै बेल्जियम अर्को चरण पुगेको हो । घरेलु मैदानमा भएको खेलमा बेल्जियमको जितमा रामेलु लुकाकुले दुई गोल गरे । यस्तै यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले एक–एक गोल गरे । डेनमार्कका लागि जोनास विण्ड एक गोल गरे । बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरेका थिए । तेस्रो मिनेटमा नै यूरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएको खेलमा १७ औँ मिनेटमा विण्डले डेनमार्कका लागि बराबरी गोल गरे । लुकाकुले ५७ र ६९ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई ३-१ मा पु¥याए । ८६औँ मिनेटमा चाड्लीले आत्मघाती गोल गरेर डेनमार्कको खातामा एक गोल थपे । डी ब्रूयनाले ८७औँ मिनेटमा गोल गरि बेल्जियमको ४–२ को जित निश्चित गरे । फाइनल्स चरणका खेलमा अब बेल्जियम फ्रान्स, इटाली र स्पेनबीच खेल हुनेछ । फाइनल्स चरणका खेल २०२१ को अक्टोबरमा हुनेछ ।

Share.

Leave A Reply