play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

अमेरिकामा कोरोनाबाट २ लाख ५० हजारको मृत्यु, संसारभर झण्डै साढे १३ लाखको ज्यन गयो

0

मंसिर ४,चितवन । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार १८० पुगेको हो । चीनको वुहान शहरबाट ठीक एक वर्षअघि शुरु भएको कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढि मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा संक्रमितको संख्या नै एक करोड १५ लाख नाघेको छ । कोभिड उत्कर्षमा रहेकै बेला अमेरिकी निर्वाचन गरिएकाले त्यसको असर कोरोना संक्रमितको बढ्दो संख्यामा परेको देखिन्छ । पछिल्ला हप्ताहरुमा अमेरिकामा संक्रमण दर तीव्र गतिमा बढेको छ । गत गर्मी याममा महामारीको इपिसेन्टर बनेको न्यूयोर्कले बिहीबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीएनएनका अनुसार यो दश महिनामा कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा मृत्यु हुने अरु केही कारणलाई उछिनेको छ भने केहीभन्दा अझै पछि पनि छ । वर्षेनी कार दुर्घटनामा परेर मुत्यु हुने २४ हजारका तुलनामा यो दश गुणा बढी हो । मौसमी रुघाखोकीबाट मृत्यु हुने ४२ हजारका तुलनामा यो पाँच गुणा बढी हो । आत्महत्याबाट मृत्यु हुने साढे ४५ हजारको तुलनामा पनि पाँचै गुणा बढी मृत्यु हो । अमेरिकामा हुने सबैभन्दा बढी मृत्युको कारण मानिएको मुटु रोग जसबाट वर्षेनी ६ लाख ७० हजारभन्दा बढी (दैनिक २३५३ जना) को मृत्यु हुने गरेको छ, त्यसको तुलनामा कोभिडबाट मृत्यु हुनेको संख्या सानो देखिन्छ ।

Share.

Leave A Reply