play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नेपाल प्रिमियर लिग १० वर्षका लागि भारतीय कम्पनीलाई ठेक्का दिने प्रस्ताव

0

मङ्सिर ०३, नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनीलाई दिने प्रस्ताव गरेको छ ।क्यानको बुधबार सम्पन्न भर्चुअल साधरणसभामा एनपीएल आयोजना गर्नेबारे छलफल भएको थियो । क्यान पदाधिकारीको तर्फबाट एनपीएल आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनी सेभेन ३ स्पोर्टस् प्रालिलाई दिने प्रस्ताव पेश भएको छ ।प्रस्तावअनुसार यो कम्पनीले पहिलो वर्ष करिब साढे २ करोड क्रिकेट संघलाई बुझाउनेछ । र, क्रमशः बढाएर १० वर्षमा करिव ४० करोड बुझाउनेछ ।
तर प्रस्तावित भारतीय कम्पनीले अहिलेसम्म ठूलो खेल प्रतियोगिता आयोजना गरेको रेकर्ड छैन । सन् २०१२ मा स्थापना भएको यो कम्पनीको चुक्तापूँजी एक करोड भारु मात्र छ । यस्तो कम्पनीले कसरी प्रतियोगिता सफलतापूर्वक आयोजना गर्छ भनेर बैठकमा प्रश्न उठेको एक सदस्यले जानकारी दिएका छन् ।साथै पूर्वकप्तान एवं बारा प्रतिनिधि पवन अग्रवाल, प्रदेश ३ अध्यक्ष राजु बस्नेत लगायतले भने एनपीएल १० वर्षका लागि ठेक्कामा दिनु घातक हुने धारणा राखेका छन् ।नेपाल प्रिमियर लिग आयोजना गर्नुवर्छ भन्नेमा सधारणसभाका प्रतिनिधिहरु एकमत रहेको क्रिकेट संघले जनाएको छ । बैठकले क्रिकेट संघको स्वमित्व रहने गरी एनपीएलका लागि सम्झौता अगाडि बढाउने जिम्मा केन्द्रीय कार्यसमितिलाई दिएको छ ।

Share.

Leave A Reply