play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

चीनले निर्माण गरेको कोरोनाभ्याक’ खोपले एकदम छिटो इम्युन प्रतिक्रिया दिन सक्ने पाईयो

0

मंसिर ३,चितवन । चीनको साइनोभ्याक बायोटेक कम्पनीले निर्माण गरिरहेको कोभिड–१९ विरुद्धको ‘कोरोनाभ्याक’ खोपले एकदम छिटो इम्युन प्रतिक्रिया उत्पन्न गराउने सक्ने नयाँ अनुसन्धानमा पत्ता लागेको छ । तर छोटो समयमा प्रतिरोधात्मक प्रणालीलाई सक्रिय गर्न सक्ने भए पनि यसबाट उत्पन्न हुने ‘एन्टिबडिज’ को स्तर भने कोभिडबाट ठीक भइसकेका बिरामीको तुलनामा कम रहेको बुधबार सार्वजनिक ट्रायलको नतिजाले देखाएको छ । अनुसन्धानकर्ताहरुका अनुसार रिसर्चको अनुभव र प्रारम्भिक मेडिकल डाटाका आधारमा यो खोप पर्याप्त रुपमा सुरक्षित छ भन्न सकिन्छ । यसै महिना अमेरिकी कम्पनीहरु– फाइजर, मोडेर्ना र रुसको स्पुतनिक खोपको सुरुवाती रिपोर्टमा ९० प्रतिशत भन्दा बढी प्रभावकारी भएको खबर गरेका थिए । अन्तिम चरणको ठूलो स्तरमा सञ्चालित ट्रायलपछि उनीहरुले यस्तो दाबी गरेका हुन् । यता चीनमा पनि साइनोभ्याक कम्पनीको कोरोनाभ्याकसहित चार अन्य अनुसन्धानात्मक खोपहरु अन्तिम चरणको ट्रायलमा पुगेका छन् जसले अब छिटै प्रभावकारीता जाँच गर्नेछन् । साइनोभ्याकको रिसर्चका लागि ७०० भन्दा बढी सहभागीहरुलाई संलग्न गराइ पहिलो र दोस्रो चरणको ट्रायल सञ्चालन गरिएको थियो । “हाम्रो अध्ययनबाट पत्ता लागेअनुसार कोरोनाभ्याकले १४ दिनको अन्तरमा दुईवटा डोज खोप लगाउँदा एकदम छिटो प्रतिरोधात्मक प्रतिक्रिया उत्पन्न गराउन सक्छ । त्यसैले पनि हामीले महामारीको समयमा आपत्कालीन प्रयोगका लागि यो खोप एकदम उपयुक्त भएको विश्वास गरेका छौँ । ” । ‘द ल्यान्सेन्ट’ मेडिकल जर्नलमा प्रकाशित जर्नलमा भनिएको छ, ।

Share.

Leave A Reply