play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

५० जना बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा भारतमा एक इन्जिनियर पक्राउ

0

मंसिर ३ , चितवन । ५० बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा भारतको उत्तरप्रदेशका एक इन्जिनियर पक्राउ परेका छन् । उत्तर प्रदेशको सिंचाई विभागमा कार्यरत जुनियर इन्जिनियर बालबालिकाहरुमाथि यौन उत्पीडन गरेको आरोपमा पक्राउ परेका हुन् । ती इन्जिनियरले ५० बालबालिकामाथि यौन उत्पीडन गरेको भिडियो बनाउने र तस्बिर बेच्ने गरेको खुलासा भएको छ । उनले अनलाइनमार्फत विगत १० वर्षदेखि ५ देखि १६ वर्षसम्मका बालबालिका र किशोरीहरुमाथि यौन उत्पीडन गर्दै आएको अनुसन्धानबाट खुलेको छ । यौन उत्पीडनमा पर्ने बालिका र किशोरी उत्तर प्रदेशको चित्रकुट, बांदा र हमिरपुरा जिल्लाका रहेका छन् । पीडितहरुलाई शान्त राख्न नगद र मोबाइल फोन समेत उपहार दिने गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । पक्राउ परेका जुनियर इन्जिनियरको नाम भने सार्वजनिक गरिएको छैन ।

Share.

Leave A Reply