play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

लकडाउन यता कालोसूचीमा पर्ने व्यक्ती तथा संस्थाहरुको को संख्या २ हजार ७८ पुग्यो

0

मंसिर २ , चितवन । कर्जा सूचना केन्द्र (सीआईबी) ले कात्तिक महिनामा मात्रै करिब चार सय व्यक्ति तथा फर्महरुलाई कालोसूचीमा राखेको छ । बैंक तथा वित्तीय क्षेत्रहरुको आग्रहमा सीआईबीले व्यक्ति तथा फर्महरुलाई कालोसूचीमा राखेको हो । ऋण लिएर भुक्तानी नगर्ने तथा चेक अनादर (बाउन्स) गर्नेहरुलाई पनि सीआईबीले बैंक तथा वित्तीय संस्थाहरुको आग्रहमा कालोसूचीमा राख्ने गरेको छ । सीआईबीले दिएको जानकारी अनुसार कात्तिक महिनामात्रै ३ सय ८८ व्यक्ति फर्म कम्पनीहरु कालोसूचीमा परेका छन् ।

यीमध्ये धेरै ऋण लिएर नतिर्नेहरु रहेका छन् भने कतिपय खातामा रकम नभएको चेक दिएर दुःख दिनेहरु रहेका छन् । सीआईबीका अनुसार लकडाउन यतामात्रै कालोसूचीमा पर्नेको संख्या २ हजार ७८ पुगेको छ कालोसूचीमा पर्ने सहकारी संस्थाहरुको संख्या भने अत्यन्तै कम रहेको छ । केन्द्रका अनुसार हालसम्म ५ वटा सहकारी संस्था कालोसूचीमा रहेका छन् । आर्थिक वर्ष २०४६र४७ देखि निरन्तर रुपमा हरेक वर्ष ऋण नतिर्ने र कालोसूचीमा पर्नेको संख्या बढेको छ । आव ०७३र७४ भन्दा ०७४र७५ मा कालोसूचीमा पर्नेको संख्या २११ प्रतिशतले बढेको कर्जा सूचना केन्द्र (सीआईबी) ले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको आग्रहमा सीआईबीले लकडाउनयता उनीहरुलाई कालोसूचीमा राखेको हो ।

Share.

Leave A Reply