play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

देशभरका सरकारी अस्पतालमा नौ महिनाको अवधिमा दुई सय आठ वटा अनुदानका भेन्टिलेटर थपिए

0

कार्तिक २९ , चितवन । देशमा कोरोना संक्रमण देखिएको नौ महिनाको अवधिमा विभिन्न सरकारी अस्पतालमा दुई सय आठ भेन्टिलेटर थपिएका छन् । तर, ती सरकारले खरिद गरेको नभएर दाताहरूले दान दिएका हुन् ।

सरकारले त तीन महिनाअघि टेन्डर गरेका २२ भेन्टिलेटरसमेत अहिलेसम्म खरिद गर्न सकेको छैन । संक्रमितको उपचारका लागि गत माघमै एक सय २० आइसियू बेड थप्ने घोषणा पनि सरकारले अझै पूरा गरेको छैन । स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. रमेश खरेलका अनुसार सरकारले अहिलेसम्म आफ्नो पैसाबाट आइसियू–भेन्टिलेटर केही पनि खरिद गरेको छैन । स्वास्थ्य मन्त्रालयले भदौ पहिलो साता करिब ६ करोड रुपैयाँमा २२ वटा भेन्टिलेटर खरिद गर्न टेन्डर आह्वान गरेको थियो । तर, अहिलेसम्म आउने–नआउने निश्चित छैन । त्यसबारे अन्तिम निर्णय हुन सकेको छैन । यो विषय छलफलमै रहेकाले भेन्टिलेटर खरिद हुन अझै केही समय लाग्ने डा. खरेलले बताए । डा. खरेलका अनुसार अहिलेसम्म विभिन्न दाताहरूले दुई सय आठ थान भेन्टिलेटर दानमा दिएका छन् । शुक्रबार मात्रै अमेरिकी सरकारले २५ करोड रुपैयाँबराबरको सय थान पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ । त्यस्तै, गत आइतबार भारत सरकारले २८ वटा भेन्टिलेटर स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार त्यसबाहेक यसअघि टु दी फाउन्डेसनले ३०, निक साइमन फाउन्डेसनले २४, चौधरी फाउन्डेसनले आठ, सानोपाइला संस्थाले ६ र वान हर्टले दुईवटा भेन्टिलेटर सहयोग गरेका थिए । त्यस्तै, भारतले नेपाली सेनालाई यसअघि १० थान भेन्टिलेटर पनि उपलब्ध गराएको थियो ।

Share.

Leave A Reply