play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री भिम प्रसाद गौतमको मृत्यु, देवघाटमा अन्त्येष्टि गरिने

0

कार्तिक २७ , चितवन । नेपाल सरकारका पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री भिम प्रसाद गौतमको निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको बिहीबार बिहान २ः३० बजेतिर आफ्नै घरमा निधन भएको हो । जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकारसमेत रहेका गौतम विगत १५ दिनदेखि अस्वस्थ थिए ।

अस्पतालमा निमोनियाको उपचार गराएपछि उनले घरमै आराम गर्दै आएका थिए । पूर्व भूमिसुधारमन्त्री, संविधानसभा सदस्य र तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका अगुवा गौतमको निधनले सिंगो तनहुँवासीलाई स्तब्ध बनाएको बन्दिपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष भानुभक्त पोखरेलले बताए । गौतमको अन्त्येष्टि देवघाटमा गरिने परिवारिक स्रोतले जनाएको छ ।

Share.

Leave A Reply