play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

आज एकैदिन तीन हजार चार सयले घट्यो सुनको मुल्य,यस्तो छ आजको दरभाउ

0

कार्तिक २५,चितवन । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला तीन हजार ४०० रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९४ हजार ८०० रूपैयाँ कायम गरिएको छ । यस्तै तेजाबी सुनको भाउ ९४ हजार ३०० रूपैयाँ कायम गरिएको छ । सोमबार तेजाबी सुनको भाउ तोलामा ९७ हजार ७०० रूपैयाँ थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार २८५ रूपैयाँ कायम रहेको चाँदीको भाउ आज एक हजार २१५ रूपैयाँ कायम गरिएको छ ।

Share.

Leave A Reply