play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

लमजुङको हर्सिङडाँडामा प्याराग्लाइडिङ परीक्षण उडान सफल, अब व्यावसायिक रुपमाउडान गर्न सकिने

0

कार्तिक २५,चितवन । लमजुङको मर्स्याङ्दी गाउँपालिका ३, मा रहेको पर्यटकीय स्थल हर्सिङ डाँडाबाट गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । हर्सिङ डाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले पहिलोपटक हर्सिङ डाँडाबाट प्याराग्लाइडिङ परीक्षण उडान गरेको हो । हर्सिङ डाँडाबाट गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो । परीक्षण उडान सफल भएसँगै अब हर्सिङ डाँडामा व्यावसायिक प्याराग्लाइडिङ उडान गर्न सकिने भएको गाउँपालिकाका उपाध्यक्ष विकले बताउनुभयो । ‘सहज परिस्थिति सिर्जना भएसँगै कसैले व्यावसायिक प्याराग्लाइडिङ उडान संचालन गर्न चाहेमा गाउँपालिकाले सघाउनेछ उनले भने । पोखरामा रहेको ओपन स्काइ प्याराग्लाइडिङ प्रालिका टेण्डम फ्लाइट पाइलट नुरेन राना र सोलो फ्लाइट पाइलट सुमन मगरले प्याराग्लाइडिङ परीक्षण उडान गर्नुभएको हो ।

Share.

Leave A Reply