play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

देशभरको न्यूनतम तापक्रम लगातार घट्दै , केही वर्षयता यो वर्ष छिट्टै जाडो सुरु

0

कार्तिक २४,चितवन । केही दिनयता देशभरको न्यूनतम तापक्रम लगातारजस्तै नै घट्दै गएको छ । जाडो सयममा न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भएको मौसमविद् विभूति पोख्रेलको भनाइ छ । उहाँका अनुसार तापक्रम अझै घट्दै जानेछ । न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि २र३ वर्षयतालाई हेर्ने हो भने यो वर्ष अलि छिट्टै जाडो बढेको उहाँ बताउनुहुन्छ । मौसम सफा भएकाले न्यूनतम तापक्रम घटेको र अरु कुनै कारण नभएको मौसमविद् पोख्रेलको भनाइ छ । मौसम सफा हुँदा जमिनको तापक्रम घट्ने हुन्छ त्यसैले गर्दा बढी जाडो महशुस हुन्छ । राति आकाश खुला हुँदा जमिन चिसिँदै जाने र जाडो बढ्ने मौसमविद् पोख्रेल बताउनुहुन्छ । यसैबीच अहिले देशका पहाडी भेगमा हल्का कुहिरो लागेको छ । दिउँसो कुहिरो बिस्तारै हटेर घाम लाग्ने छ । देशका अरु ठाउँको मौसम भने दिनभर सामान्यतया सफा नै रहन्छ । बेलुकातिर फेरि देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ ।

Share.

Leave A Reply