आज देशका पहाडीबाहेक अरु क्षेत्रको मौसम बद्ली रहने

0

कार्तिक२०,चितवन । आज देशका पहाडीबाहेक अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी भेगको एकरदुई ठाउँमा भने सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् सजिना शाक्यलले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण पहाडी भेगको १र२ ठाउँमा सामान्य खालको पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । मौसमविद् शाक्यका अनुसार देशको अरु ठाउँको मौसम हिजोभन्दा आज अलि सफा हुने अनुमान छ । आज हिजोको तुलनामा बादल कम र घाम बढी लाग्नेछ । काठमाण्डौ उपत्यकाको आज बिहानको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान ११ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

Share.

Leave A Reply