play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

रोड्रिगोको गोलमा रियलको जित

0

कार्तिक १९ , काठमाडौं । रोड्रिगोको गोल मद्दतमा रियल मड्रिडले इन्टर मिलानलाई हराएको छ र च्याम्पियन्स लिगको समूह चरणमा पहिलो जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा स्पेनिस च्याम्पियन रियलले ३–२ को जित निकालेको हो । खेलको २५ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको रियलले ३३ औं मिनेटमा सर्जिओ रोमासको गोलबाट अग्रता दोब्बर बनायो ।

तर दुई मिनेटपछि नै मार्टिनेजले गोल गरेपछि इन्टरले खेलमा फर्किने संकेत देखायो । दोस्रो हाफको ६८ औं मिनेटमा इन्टरका पेरिसिकले बराबरी गोल फर्काए ।

रियलको जितमा रोड्रेगो हिरो बने, उनले ८० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि पनि रियल ४ अंकसहित समूह ‘बी’को तेस्रो स्थानमा छ भने २ अंक जोडेको इन्टर पुछारमा छ । ५ अंक जोडेको बोरुसिया मानचाङ्लेबाख शीर्ष र ४ अंक जोडेको शाख्तर डोनेस्क दोस्रो स्थानमा छ ।

Share.

Leave A Reply