play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

नेपाल स्काउटको बर्तमान कार्यशैली प्रति अशन्तुष्ट ब्यक्त

0

सिनर्जी डेक्स
कार्तिक १३, भरतपुर महानगरपालिका भित्रका स्काउटरहरुले नेपाल स्काउटको बर्तमान कार्यशैली प्रति अशन्तुष्ट ब्यक्त गरेका छन्। नेपाल स्काउट भित्र देखिएको प्रत्यक्ष राजनीतिकरण र कार्यशैली प्रति असहमति जनाउदै संघर्ष समिति समेत निर्माण गरिएको छ। आज भरतपुर महानगरपालिका भित्रका स्काउटरहरुको भेलाले शिब प्रसाद बरालको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरि थप आन्दोलनलाई शसक्त बनाउने निर्णय गरिएको बताइएको छ।

समितिमा सहसंयोजकमा सचिनजंग कार्की, सदस्यहरुमा इश्वर गुरुङ, सन्तोष बस्ताकोटी, गणेश थापा, गोपी तामाङ, अशोक ढकाल, रामु पाण्डे, सूर्य तिवारी, महेश सुवेदी, सिंहबहादुर कुँवर, लिलानाथ गौतम, संगिता पराजुली रहेका छन् ।जिल्ला स्काउट खारेज गर्दै प्रदेशस्तरीय तदर्थ समिति गठन भएपछि असन्तुष्टी जनाउँदै स्काउटरहरुले संघर्ष समिति गठन गरेका हुन् ।

Share.

Leave A Reply