play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

चितवनमा थप १४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0

कार्तिक १३, चितवनमा थप १४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को कोभिड-१९ प्रयोगशाला र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा १४६ जनामा कोरोना देखिएको हो। चितवन मेडिकल कलेज (सिएमसी) को कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।संक्रमण पुष्टि भएका मध्य ५१ जना चितवनका हुन् भने बाँकी २९ जना जिल्ला बाहिरका हुन् । प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिका भित्रका मात्रै ३५ जनामा कोरोना देखिएको छ ।यस्तै रत्ननगर नगरपालिकाका १०, कालिका नगरपालिकाका ४ र खैरहनी नगरपालिकाका २ जनामा पनि कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ । सोही प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरका २२, मकवानपुरका ३ तथा रुपन्देही, कपिलबस्तु, काठमाडौं र गोरखामा समान एक-एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको हो ।संक्रमण पुष्टि भएका मध्य ४२ जना चितवनका रहेका छन् । अन्य २४ जना भने २ जना भारत तथा २२ जना जिल्ला बाहिरका रहेका छन् । प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिका ७ का मात्रै १७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्य १० पुरुष र ७ महिला रहेका छन् ।यस्तै भरतपुरकै वडा नम्बर १, २, ३, ५, ९, १०, ११, १२, १४ र १८ का २२ जना रहेका छन् । यस्तै कालिका नगरपालिका ६ कि एक महिला तथा ९ का एक महिला र एक पुरुषमा पनि कोरोना देखिएको छ ।सोही प्रयोगशालामा भारतको बिहारका २ जना, नवलपुरका ६, ईलामका २ तथा काभ्रे, धनुषा, रौतहट, दाङ, बर्दिया, उदयपुर, रोल्पा, कास्की, कपिलबस्तु, सिराहा, सिराहा, सप्तरी, सुनसरी, नवलपरासी र रुपन्देहीका समान एक-एक जनामा पनि कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

Share.

Leave A Reply