play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

नेपालमा कोरोनाका कारण थप १७ जनाको मृत्यु :२ हजार ३६४ जनामा संक्रमण पुष्टि

0

कार्तिक १३, नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार सात सय १८ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार दुई हजार तीन सय ६४ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।त्यस्तै गएकाे २४ घण्टामा तीन हजार ३८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख २४ हजार आठ सय ६२ पुगेको छ ।
अब नेपालमा ३८ हजार नाै सय ५२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै दुई हजार ६ सय ८९ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नाै सय चार पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Share.

Leave A Reply