play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

संक्रमितहरुको शरीरमा कोभिड–१९ विरुद्धको एन्टीबडी चाँडै कम भएको पाइयो

0

कात्तिक १३, काठमाडौं ।  कोरोनाभाइरसविरुद्धको एन्टीबडी बेलायती जनसंख्यामा चाँडोरुपमा घटेको एक अध्ययनले देखाएको छ । यसले संक्रमणपछि शरीरमा भाइरसविरुद्धको प्रतिरोधी क्षमता दीर्घकालिनरुपमा नरहने संकेत गरेको अध्ययनकर्ताहरुले बताएका छन् ।

इपेरियल कलेज लन्डनका वैज्ञानिकहरुले मार्च र अप्रिलमा कोभिड–१९ को पहिलो चरणको लहरपछि मानिसहरुमा रहेको एन्टीबडीबारे अध्ययन गरेका थिए । उनीहरुको अध्ययनमा जुनमा ६ प्रतिशत जनसंख्यामा एन्टीबडी पाइएकोमा सेप्टेम्बरमा यो घटे ४.४ प्रतिशत पुगेको देखिएको हो । दोस्रो लहरअघि धेरैजनामा संक्रमणविरुद्ध प्रतिरोधी क्षमता कम भएको अध्ययनले देखाएको छ ।

कोरोनाभाइरसविरुद्धको प्रतिरोधी क्षमता निकै जटिल रहको छ । यसविरुद्ध प्रतिरोधी क्षमताका लागि टी सेल र बी सेल जिम्मेवार हुने बताइन्छ । तर, अध्ययनकर्ताहरुले भने एकपटक संक्रमित भएपछि पनि प्रतिरोधी क्षमता लामो समय नटिक्ने बताएका छन् ।

पीसीआर परिक्षण गरेर कोभिड–१९ को पुष्टि भएकाहरुको तुलनामा लक्षण नदेखिएका र आफू संक्रमित बनेको थाहा नै नभएकाहरुको एन्टीबडीमा चाँडै ह्रास आएको अध्ययनमा देखिएको छ ।

निरन्तर भाइरसको सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुमा भने एन्टीबडीको मात्रामा कुनै कमी देखिएन ।

यसअघि, जर्मनीमा गरिएको अध्ययनमा कोरोनाभाइरसको हटस्पट बनेका क्षेत्रहरुका मानिसमा कोभिड–१९ विरुद्धको एन्टीबडी पाइएको थिएन ।

Share.

Leave A Reply