play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

विजया दशमीको टीका लगाउने क्रम आज पनि जारी,टीका लगाउन जानको चहलपहल कम

0

कार्तिक १३,चितवन । विजया दशमीको टीका लगाउने क्रम आज पनि जारी छ। आज पनि मान्यजनबाट टीका र जमरा थाप्न आफन्तजनकोमा मानिसहरु गइरहेका छन्। विजयादशमीका दिनदेखि शुरु भएको दशैँको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। दशमीको दिन टीका लगाउन नभ्याउनेले पूर्णिमाको दिनसम्म टीका थाप्ने प्रचलन रहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व मनाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडा अभिषेक गरी विजयादशमीको दिनबाट टीका र जमरा लगाउने गरिन्छ। यस वर्ष भने कोरोना महामारीको कारण आफन्तकोमा टीका लगाउन जानको चहलपहल कम देखिएको छ । विगतमा बाटो, सडक तथा चोकमा टीका लगाउन जाने मानिसको भिड देखिने भए पनि यस वर्ष सुनसान छन्। सर्वसाधारणको दशैँ टीका यस वर्ष घर भित्र मात्र सिमित भएको छ।

Share.

Leave A Reply