play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

दिल्लीलाई शीर्ष स्थानमा उक्लने मौका

0

कार्तिक ११, एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले दुबईमा हैदराबादसँग खेल्नेछ । दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आठौं जितको खोजीमा हुनेछ । अघिल्ला ११ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली हैदराबादलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ । तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन् । दिल्लीले सन्दीपलाई ११ खेलमा बेञ्चमा राखेको थियो ।

दिल्ली हैदराबादलाई हराएर प्ले अफ यात्रा सुरक्षित गर्न चाहन्छ ।

यस्तै दिल्ली अघिल्लो भेटमा ब्यहोरेको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा दिल्लीलाई हैदराबादले १५ रनले हराएको थियो ।

तर, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादविरुद्ध जित निकाल्न दिल्लीलाई कठिन भने हुनेछ ।

हैदराबाद पनि जित निकाल्दै प्ले अफको सम्भावना कायम राख्न चाहन्छ ।

हैदराबाद ११ खेलमा ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

हैदराबादले कप्तान वार्नरसँगै जोनी बेयर्स्टो, मनिस पाण्डे, केन विलियम्सन, विजय शंकर, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा लगायतका खेलाडीलाई मैदान उतार्ने छ ।

दिल्लीसँग पृथ्वी श, शिखर धवन, श्रेयस आयर, ऋषब पन्त, मार्कुस स्टोनिस, अक्षर पटेल, कागिसो राबडा जस्ता खेलाडीको साथ रहने छ ।

Share.

Leave A Reply