play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु

0

कार्तिक ११ , चितवन । सिरहामा एकै परिवारका दुई बालकको शव मृतावस्थामा फेला परेको छ । नरहा गाउँपालिका–३ खोरियाका गुलजार शेखका छोरा १० वर्षीय अनजार र ८ वर्षीय यहसानको शव सोमबार बेलुका गाउँदेखि करिव ७ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा भेटिएको हो । उनीहरुको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

घरबाट दिउँसो ३ बजेदेखि हराइरहेका उनीहरुको खोजतलास गर्ने क्रममा शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैका डिएसी सन्तुलाल जयसवालले जानकारी दिए ।
प्रहरीका अनुसा उनीहरु माछामार्ने वा नुहाउन पाखरीमा पसेको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे अनुन्सधान भइरहेको जनाइएको छ ।

वडाध्यक्ष अनिसुल अन्सारीले गाउँमा बच्चाहरु हराइरहेको हल्ला चलेपछि खोज्दै जाने क्रममा बेलुकी ७ बजेको आजपास गाउँलेले नै पोखरीमा तैरिरहेको अवस्थामा देखेको बताए ।
दुवै शप पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उपाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

Share.

Leave A Reply