play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

बैतडीमा कु‍टपिटबाट एकको मृत्यु, दुईजना पक्राउ

0

कार्तिक ११ बैतडी । बैतडीमा कुटपीटबाट एकजनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका ३ डुङरीका ३२ वर्षीय कमलबहादुर साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ । साउँदलाई स्थानीय विरेन्द्र चन्द्र र ज्ञानेन्द्र चन्दले मदिरा सेवन गरे यही असोज ९ गते राती कुटपीट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

साउँदमाथि कुटपीट भएलगत्तै उनलाई उपचारका लागि धनगढी पठाएको र धनगढीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाएको थियो । साउँदको कोहलपुर नपुग्दै सोमबार बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । कुटपीटमा संलग्न भनिएका विरेन्द्र चन्द र ज्ञानेन्द्र चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।

Share.

Leave A Reply