play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

अर्को वर्षको जुन महिनासम्ममा कोरोना विरुद्धको खोप बजारमा ल्याउने भारतको दाबी

0

कार्तिक ०८, भारतमा कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको कम्पनीले अर्को वर्षको जुन महिनासम्ममा खोप बजारमा ल्याउने दाबी गरेको छ ।इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको नेशनल इन्स्टिच्यूट अफ भाइरोलोजीसँग मिलेर बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको कम्पनी भारत बायोटेकले आउँदो वर्षको जुन महिनासम्ममा खोप उपलब्ध गराउने बताएको हो । कम्पनीका शीर्ष अधिकारीले भारत सरकारले आपत्कालिन अनुमति दिएर पहिले नै खोपको उद्घाटन नगरे जुन महिनासम्ममा उपलब्ध गराउने बताएका भारतीय संचार माध्यमले जनाएका छन् ।


भारत बायोटेकले देशको १२ देखि १५ राज्यका २० हजार स्वयंसेवकमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण गर्ने बताएको खबरमा उल्लेख छ । कोरोना भाइरसको संक्रमित धेरै भएको देशको सूचीमा भारत, दोस्रो स्थानमा छ ।

Share.

Leave A Reply