play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोना र रियल मड्रिड भिड्दै:कसले मार्ला बाजी ?

0

कार्तिक ०८, स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्त आज हुँदैछ ।सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनाले घरेलु मैदानमा रियल मड्रिडलाई आथित्यमा प्रदान गर्दैछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ७ :४५ बजे सुरु हुनेछ ।क्याम्प नाउमा दुबै टिम सिजनको पहिलो एल क्लासिको आफ्नो बनाउने लक्ष्यमा हुने छन् ।नयाँ सिजन दुबै टिम लय समात्न असफल रहेका छन् । तर, पहिलो एल क्लासिको जित्दै दुई टिम आफ्नो उपाधि दाबेदारलाई अघि बढाउँन चाहन्छ ।
जिनेदिन जिदानको नेतृत्वमा रहेको रियल ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।जिदानको टिम रियलले पछिल्लो दुई खेलमा लगातार हार व्यहोरेको छ । गत साता ला लिगामा नवप्रवेशी काडिजसँग पराजित हुँदा च्याम्पियन्स लिगमा रियल शाख्तरसँग पराजित भएको थियो ।जसको कारण जिदानको पद समेत धरापमा परेको छ । तर, बार्सिलोनासँगको खेल जित्दै जिदान आफ्नो आलोचकको मुख टाल्न चाहन्छन् ।

अघिल्ला दुई खेलमा टिम बाहिर रहेका कप्तान सर्जियो रामोस टिममा फर्किएका छन् । इडेन हाजार्डले यस सिजन खेलेका छैनन् । उनी टिम बाहिर नै छन् ।यसै डानी कार्भाजलले भने एल क्लासिको गुमाउने छन् ।रोनाल्ड कोम्यानको टिम बार्सिलोना घरेलु मैदानमा उत्कृष्ट जितको खोजीमा हुनेछ । ४ खेलमा ७ अंक जोडेर दशौँ स्थानमा रहेको बार्सिलोना जितसहित अंक तालिका सुधारको लक्ष्यमा हुनेछ ।तर, बार्सिलोना पहिलो रोजाईका गोलकिपर मार्क टेर स्टेगेनबिना मैदान उत्रने छ । डिफेन्डर स्यामुएल उम्टिटी टिम बाहिर रहदा जोर्डी अल्बाको समेत खेल्ने सम्भावना न्यून छ ।ला लिगा अन्तर्गत नै अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिससँग खेल्नेछ ।त्यस्तै सेभियाले आइबरसँग खेल्दा ओसासुनाले एथ्लेटिक बिल्बाओसँग खेल्नेछ ।

Share.

Leave A Reply