play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

बुटवल र बाकेमा २ जना कोरोना संक्रमितको मृत्यु

0

कार्तिक ०८, रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं. ७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको हो ।कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा आज बिहान पौने ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।डा. गौतमका अनुसार उनी फोक्सोका दीर्घ रोगी थिए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार उनको मृत्युसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या रुपन्देहीमा ५६ र लुम्बिनी प्रदेशमा १४१ पुगेको छ ।
उता बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि २७ गते अस्पताल भर्ना भएका ती पुरुषको गएराति १० बजेतिर उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १४० पुगेको छ ।

Share.

Leave A Reply