play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

आईपीएलमा आज दिल्ल्ली र कोलकत्ता तथा पन्जाब र हैदराबाद भिड्ने :गएरातिको हार संगै चेन्नई प्रतियोगिताबाट बाहिरियो

0

कार्तिक ०८, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज २ वटा खेल हुदै छन्। आज हुने पहिलो खेलमा दिउसो पौने ४ बजे दिल्ल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सको सामना गर्दा बेलुका पौने ८ बजे हुने दोस्रो खेलमा किंग्स इलाभेन पन्जाब र सनराइजर्स हैदराबाद भिड्ने छन्। आजको पहिलो खेलमा प्लेअफको आशा जीवित राख्न कोलकत्तालाइ जित्नै पर्ने दबाब रहेको छ भने दोस्रो खेलका दुवैलाइ पनि आजको खेल जित्नै पर्ने दबाब छ।

यस अघि हिजो भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।चेन्नई सुपर किग्ङ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । आईपीएलको इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट नै बाहिरिएको हो । राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाउन सक्यो ।१ सय १५ रनको लक्ष्य पाएको मुम्बईले १२ ओभर २ बलमा विना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । जीतसँगै मुम्बईको १० खेलमा १४ अंक भएको छ । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लाेरको पनि १४ अंक नै भए पनि रन रेटका आधारमा मुम्बई लिगको शीर्ष स्थानमा पुगेको हो ।

Share.

Leave A Reply