play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

आइपीएलमा कोलकत्ताद्वारा बैंग्लोरलाई जितका लागि ८५ रनको लक्ष्य

0

कार्तिक ०५, इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तरगत कोलकत्ता नाइट राईडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरसामु जितका लागि ८५ रनको लक्ष्य दिएको छ ।आइपिएल क्रिकेट अंक तालिकाको चौथो स्थानमा रहेको कोलकत्ता २० ओभरमा ८४ रनमा समेटियो । टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताका लागि इओन मोर्गनले ३० रन बनाए । यस्तै लुकी फोर्गुसनले १९ रनमा नटआउट रहँदा कुलदिप यादवले १२ रन बनाए ।कोलकत्तालाई सस्तैमा समेट्ने क्रममा बैंगलोरका लागि मोहम्मद सिराजले ८ रन दिदै तीन विकेट लिए । यस्तै युजवेन्द्र चाहालले १५ रन खर्चिएर २ विकेट लिए ।

Share.

Leave A Reply