play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

चितवनका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

0

कार्तिक ०५, चितवनका थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५८ जनामा कोरोना देखिएको हो ।प्रयोगशालाका अनुसार संक्रमित मध्य ३९ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन् । भरतपुर १, २, ३, ४, ५, ८, ९, १०, ११, १२, १५, १६ र २३ का ३९ जनामा कोरोना पुष्टि भएको हो ।यस्तै चितवनकै रत्ननगर नगरपालिका २, १२ र १६ का ७ जना, खैरहनी १, ३, ६ र ८ का ४ जना, राप्ती ५, ६, ७ र ८ का ५ जना तथा माडी, कालिका र इच्छाकामना गाउँपालिकाका समान एक-एक जनामा कोरोना देखिएको प्रयोगशालाले जानकारी दिएको छ ।यसैबीच सिएमसीकै प्रयोगशालामा जिल्ला बाहिरका ३१ जनामा पनि कोरोना पुष्टि भएको छ । नवलपुरका १६, मकवानपुरका ४, तनहुँ र गोरखाका समान २-२ तथा काठमाडौं, धादिङ, बारा, सर्हाली, सुनसरी, खोटाङ र गुल्मीका समान एक-एक जनामा पनि कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

Share.

Leave A Reply