play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

0

कार्तिक ०५, चितवन मेडिकल कलेजमा कोरोना भाइरस संक्रमित पुरुषको मृत्‍यु भएको छ । अस्पतालमा उपचारका क्रममा पुर्वी चितवनको खैरहनी नगरपालिका १३ का ४० वर्षीय पुरुषको आज मृत्‍यु भएको हो ।उनी ज्वरो तथा निमोनियाका कारण असोज २३ गते अस्पताल भर्ना भएका थिए । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार सोही दिन उनमा कोरोना पुष्टि भएको थियो ।संक्रमण पुष्टि भएपछि उनको कोभिड आइसियु कक्षामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारको क्रममा आज अपरान्ह ४:२८ बजेको उनको मृत्‍यु भएको डा. लम्सालले जानकारी दिए ।

Share.

Leave A Reply